

धनगढी। धनगढी उपमहानगरपालिकालाई कतिपयले ‘हमाल सिटी’ भन्ने गरेका छन्। पूर्व मेयरले गर्न नसकेका फाेहाेर व्यवस्थापन, सडक विस्तार र सडकबत्ति तथा हरियालकीका सवालमा सकारात्मक काम भएका पनि छन्।
तर झिलिमिलि बत्तिको बयान गर्नेहरु हुन वा हमाल सिटी भनेर प्रसंसा गर्नेहरु हुन, यहाँका दैनिक दुरावस्थाबारे भने काेही बाेलेको देखिदैन। सडक विस्तार भएको छ, बिरुवा राेपिएका छन्, तर सेती प्रादेशिक अस्पतालजस्ताे संवेदनशील क्षेत्रमा पार्किङबारे साेचिएको पाइँदैन।
त्यति मात्र हाेइन जिल्ला सुरक्षा समिति समेत ‘कर्मकाण्डी’ कार्यमै मगनमस्त देखिन्छ। आज शुक्रबार मात्रै समितिले धनगढीमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गर्याे।
अभ्यासको उद्देश्य गलत होइन, तर सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति चिन्तित सुरक्षा समिति धनगढी सहीद गेट-क्याम्पस राेड सडकको जाेखिमप्रति भने आफै सचेत देखिँदैन।
पछिल्लो समय सवारी दुर्घटनाबाट ठूलो जनधनको क्षति हुने क्रम बढेको छ। त्यसलाई कम गर्न पूर्व तयारी र सचेतना कार्यक्रम जायज हाे।

विडम्बना अत्याधिक घनत्व बढ्दै गएको, व्यवसाय थपिँदै गएको र ट्राफिक बाक्लिँदै गएको सहीद गेट- क्याम्पस राेड सडकका हरेक चाेक ‘जाेखिमकाे जक्सन’ भएकोप्रति भने न उपमहानगर संवेदनशील देखिन्छ, न त सुरक्षा समिति नै।
स्कुटरमा सवार जानकी चाैधरीले भनिन्, ‘याे बाटाे हिँड्न त डरै लाग्छ, कुन चाेकमा कस्ले आएर हिर्काउँछ भन्ने ठेगानै छैन।’
जेब्रा क्रसिङको पालना कसैले गरेको देखिँदैन। सडकमा जाेखिम माेलेर हिँड्नुपरेकाे पैदल यात्री भूवन चन्दले बताए।
उनले भने, ‘अटाे चालककाे मनमर्जी छ, ठुला सवारीमा हिँड्नेहरुले पैदल यात्रीलाई मान्छे नै गन्दैनन्। कुनै चाेकमा न सर्कल छ, न ट्राफिक प्रहरी।’
सहीद गेटदेखि क्याम्पस राेड पुग्ने कुनै चाेक यस्ताे छैन, जहाँ बालबाल बचेर हिँड्नु नपराेस। शिवपुरी चाेक, बेहडी चाेक, राष्ट्र बैंक चाेक, निसर्ग हस्पिटल चाेक, पुरानाे एयरपाेर्ट चाेक हाेस वा शिवनगर चाेक जाेखिमका जक्सन बनेका यात्रीहरु बताउँछन्।
धनगढीका सडक फराकिला भएको बयान गरिए पनि तीं चाेकमा सर्कल निर्माणका लागि स्पेस नपुग्ने ट्राफिक जानकारहरु बताउँछन्।
ट्राफिक धनगढी उपमहानगर



