Logo
१६ चैत्र २०८०, शुक्रबार

पेट्रोल ६ रुपैयाँ घटेर आएपनि ३ रुपैयाँ सस्तियो, डिजल १२ रुपैयाँ घटेर आउँदा पनि ३ रुपैयाँ कम

अक्षरपाटी
२०७९ पुस १ , शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अंकले घटाएको छ।

आज मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर तीनले घटाएको छ।

स्रोतका अनुसार भारतबाट पेट्रोल ६ रुपैयाँ र डिजल १२ रुपैयाँ सस्तोमा आएको छ। यसअघि पनि पटकपटक मूल्य घटेर आउँदा पनि निगमले उपभोक्तालाई सहुलियत दिएको थिएन।

यसपटक भने सामान्य अंकले मूल्य घटाएको हो। यसअघि पेट्रोल प्रतिलिटर एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर एक सय ७८ मा बिक्री हुनेछ।

डिजल प्रतिलिटर एक सय ७८ मा बिक्री भइरहेकामा अब भने एक सय ७५ मा बिक्री हुनेछ। मट्टीतेल प्रतिलिटर एक सय ७८ मा बिक्री हुँदै आएकामा अब एक सय ७५ मा बिक्री वितरण हुने निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ।

निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ।

बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती रहेको निगमले भन्दै आएको छ।

नेपाल आयल निगम