Logo
७ मंसीर २०८३, सोमबार

मोदीले गरे प्रधानमन्त्री बालेनको प्रशंसा, भने– नेपालप्रति उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेँ

अक्षरपाटी
२०८३ मंसीर ७ , सोमबार ०२:११ मा प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहको प्रशंसा गर्दै नेपाल र भारतबीचको सम्बन्ध तथा नेपालको भविष्यप्रति उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता आफूले महसुस गरेको बताएका छन् ।

नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले प्रधानमन्त्री शाहसँगको भेटका क्रममा यस्तो अनुभव गरेको बताएका हुन् ।

‘नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु,’ मोदीले भने, ‘नेपालका जनताले दिएको ऐतिहासिक जनादेशले नयाँ पुस्ताका आकांक्षाहरूलाई प्रतिबिम्बित गर्छ ।’

मोदीले भारत सधैं सशक्त र समृद्ध नेपालको विकास यात्रामा साझेदार रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपालसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उनले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण निर्णयहरू गरिएको समेत जानकारी दिए ।

नरेन्द्र मोदी बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )