Logo
१७ असार २०८२, मंगलबार

नेपाल भारत संयुक्त सैन्य अभ्यास

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०७:१२ मा प्रकाशित

काठमाडौं। ‘सूर्यकिरण’ नाम दिइएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास को १६ औं संस्करण नेपाली सैनिक ब्याटल स्कुल, सालझण्डीमा सुरु भएको छ।
शुक्रबारबाट सुरु भएको अभ्यासमा दुवै देशको राष्ट्रिय झण्डा फहराउनुका साथै दुई देशका सेनाले आ–आफ्नो सैन्य धुनमा परेड खेलेका थिए।

‘सूर्यकिरण’ सैन्य अभ्यास दुई हप्तासम्म चल्नेछ। यस कठिन अभ्यासका दौरान भारतीय सेना र नेपाली सेनाका पैदल सैन्यदलले अन्तर सैन्ययुद्घ क्षमतालाई सुदृढ बनाउन र प्रतिविद्रोह तथा मानवीय सहायता एवम् विपद् राहत अपरेशनबारे अनुभव साटासाट गर्न तालिम गर्नेछन् ।

भारतीय सेना अन्तर्गतको गोरखा रेजिमेन्टको एक बटालियन यस सैन्य अभ्यासमा सहभागी हुनेछ ।
अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हातहतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा एक अर्कालाई परिचित गराउने भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाएको छ।

विशेष गरी यो अभ्यास हिमाली भूभागमा प्रतिविद्रोह वातारणमा काम गर्दा निकै उपयोगी साबित हुनेछ विश्वास गरिएको छ।
अभ्यासको दायरा र स्तरलाई थप वृद्घि गर्न दुवै सैन्य टोलीलाई मानवीय सहायता तथा विपद् राहत, हाई एल्टिच्युड वारफेर र जङ्गल वारफेर अपरेशनमा पोख्त पार्न त्यस्तै खाले परिस्थितिमा अभ्यास गराइनेछ।

प्रतिविद्रोह वातावरणमा दुवै सेनाको प्रदर्शनलाई मान्यता दिन ४८ घण्टे कडा अभ्याससँगै संयुक्त सैन्य तालिम पुस १४ गते समापन हुनेछ।