Logo
१५ चैत्र २०८०, बिहीबार

‘बाआमा’को परिपार्जित तेस्रो संस्करण माठकमाझ

अक्षरपाटी
२०७९ पुस ५ , मंगलबार ०५:१२ मा प्रकाशित

काठमाडौं ५ पुस। ०७२ को मदनपुरस्कार विजेता लेखक रामलाल जोशीको कथासङ्ग्रह ‘बाआमा’को परिमार्जित तेस्रो संस्करण बजारमा आएको छ।

जोशीको यो तेस्रो आख्यान हो । उनले ‘ऐना’ कथा संग्रहका लागि ०७२ को मदन पुरस्कार जितेका थिए। गत असोजमा विमोचन भएको बाआमा प्रकाशन भएको छोटो समयमै तेस्रो संस्करण आएको प्रकाशन गृह बुकहिलले जनाएको छ।

‘‘प्रकाशन भएको छोटो समयमै प्रिय पाठकहरुको अत्याधिक माया पाउन सफल ‘बाआमा’को परिमार्जित संस्करण बजारमा आएको छ’, जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आशा छ, पढ्न बाँकी पाठकहरुबाट समेत उत्तिकै प्रेम पाउने छ।’

बाआमा जोशीको दोस्रो कथासङ्ग्रह । उनले ऐनापछि सखी उपन्यास लेखेका थिए। उनले आख्यानबाहेक ‘हत्केलामा आकाश’ गजल संग्रह ०५५ मा प्रकाशन गरेका थिए।

बाआमा सृष्टिको कथा हो। जोशीले कथामा सन्तान र बाआमाको सम्बन्धलाई अत्यन्तै गहन र उत्कृष्ट शब्दशिल्पमा प्रस्तुत गरेका छन्।

कृतिमा सङ्ग्रहित समग्र कथाहरू पढिसक्दा उपन्यास पढेको अनुभूति हुन्छ । र पनि हरेक कथा आफैमा पूर्ण छन्।