Logo
२९ भदौ २०८२, आईतबार

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

अक्षरपाटी
२०७९ पुस ६ , बुधबार १०:१२ मा प्रकाशित

दैलेख ६ पुस। दैलेखमा मासु खाने क्रममा एक जनाको मृत्यु भएको छ।

घाँटीमा मासु अड्किएर दैलेखको नारायण नगरपालिका ६ भूर्ती घर भएका ३८ वर्षीय वीरबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।

घाँटीमा मासु अड्किएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। उपचार गर्दागर्दै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।