Logo
२६ भदौ २०८३, शुक्रबार

प्रधानमन्त्री शाहसँग चौधरी, गोल्यान, श्रेष्ठ र ढकालको छलफल

अक्षरपाटी
२०८३ भदौ २६ , शुक्रबार १२:०९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।

छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा समेत छलफल केन्द्रित छ।

त्यस्तै, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण, निजी क्षेत्रको मनोबल बढाउने उपाय र आर्थिक गतिविधि विस्तारका विषयमा पनि छलफल भइरहेको बताइएको छ।

प्रधानमन्त्रीसँगको भेटलाई निजी क्षेत्रका प्रतिनिधिहरूले सरकारसमक्ष उद्योग–व्यवसायका समस्या र अपेक्षा प्रत्यक्ष रूपमा राख्ने अवसरका रूपमा लिएका छन्।

सरकारले निजी क्षेत्रसँगको सहकार्यमार्फत लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई गतिशील बनाउने रणनीति अघि बढाउने तयारी गरिरहेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह

ट्रेन्डिङ ( साप्ताहिक )