Logo
१६ चैत्र २०८०, शुक्रबार

पूर्वस्वीकृति बिना नेता र दूतावासका कर्मचारी नभेट्न सुरक्षा अधिकारीलाई गृहको निर्देशन

अक्षरपाटी
२०७९ पुस १४ , बिहीबार ०२:१२ मा प्रकाशित

काठमाडौं । गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरूलाई अनुमति लिएर मात्र कुटनैतिक नियोग र राजनैतिक नेतृत्वसँग भेटघाट गर्न निर्देशन दिएको छ। बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति बिना दूताासका अधिकारी र राजनीतिक दलका नेतृत्वलाई नभेट्न निर्देशन दिएको हो।

गृह मन्त्रालय प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही जानकारी गराएका छन्।

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कुटनैतिक नियोग, राजनैतिक नेतृत्वसंग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कुटनैतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । ’जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस निर्देशन विपरित कार्य गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम अनुशासन सम्बन्धी कारवाही हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’