Logo
२९ असार २०८२, आईतबार

राजस्थानमा कारले ठक्कर दिने युवकको कुटीकुटी हत्या, अस्पताल बाहिर हंगामा

अक्षरपाटी
२०८२ असार २१ , शनिबार १०:०७ मा प्रकाशित

एजेन्सी। भारतको राजस्थानमा एक कार चालक युवकलाई मानिसहरुको भिडले कुटीकुटी हत्या गरेको छ।

राजस्थानको भीलवाडास्थित जहाजपुरमा शुक्रबार कारले एक आलू व्यापारीको ठेलालाई ठक्कर दिएको थियो।

ठक्कर दिएको झोँकमा स्थानीयहरुले कार चालक युवकलाई पिटेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

मरणासन्न कार चालक युवकको मृत्यु भएको खबर सुनेपछि अस्पताल परिसरमा ठूलो भीड जमा भएको थियो। जसले साप्रदायिक रुप लिन खोजेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

युवकको कारले अल्पसंख्यक समुदायको धार्मिक स्थल नजिकै एक आलू, प्याजको ठेलामा ठक्कर दिएको थियो।

ठक्कर दिएपछि आक्रोसित स्थानीयले कार चालक युवकको पिटी पिटी हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनाले उग्र रुप लिएपति जहाजपुर विधायक गोपी चंद मीणा घटनास्थल पुगेर दोषीमाथि कडा कारवाहीको माग गरिएको छ।

राजस्थान हत्या