Logo
१ जेठ २०८२, बुधबार

बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैतमा

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं। बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको छ।

चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई चित्रण गरिएको छ। टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो।

चलचित्रको निर्देशन देवजंग थापाले र छायाँकन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन्। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन्।

सो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको छ। चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको, कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ।