Logo
२४ साउन २०८३, आईतबार

बजारबाट थप ९० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

अक्षरपाटी
२०८२ असोज २ , बिहीबार ०१:०९ मा प्रकाशित

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ।

बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै १० दिनका लागि ९० अर्ब रुपैयाँ प्रशोचन गर्ने जनाएको हो ।

जसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो तीन बजेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने छ।

राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन्।

तरलता नेपाल राष्ट्र बैंक