Logo
१६ चैत्र २०८०, शुक्रबार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

अक्षरपाटी
२०७९ पुस १८ , सोमबार ०६:०१ मा प्रकाशित

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ।

पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अंकमा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।

कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो। यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

कूल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए।

कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ। सो बैंकको १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो।

नेप्सेका अनुसार उकालो लागेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीमा धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त र खप्तड लघुवित्त छन्।

ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भयो। यस्तै अजोड इन्स्योरेन्स नौ दशमलब ९८ र प्रभु इन्योरेन्सका लगानीकर्ताले नौ प्रतिशतले कमाएका छन्।

 

नेप्से
यो पनि हेर्नुहोस् : यो साता नेप्से सकारात्मक