Logo
१५ चैत्र २०८०, बिहीबार

फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने मनस्थितिमा आयोग

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०९:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। आगामी फागुन २५ गतेका लागि राष्ट्रपतिको निर्वाचन गराउ तयारीमा निर्वाचन आयोग लागेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान छ।

सोही सिहाबले तयारी अघि बढाएको आयोगले जनाएको छ। सरकारसँग सोही हिसाबले छलफल अघि बढेको र सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताए।

आयुक्त भण्डारीले भने, ुफागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं। यद्यपि, सरकारसँग एक चरणको छलफल भइसकेको छ। अब फेरि छलफल गर्नुपर्ने देखिएको छ।’

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ।