Logo
८ वैशाख २०८१, शनिबार

संसदमा कांग्रेस र नेकपा एमालेका सांसदहरुबीच जुहारी

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०२:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। वानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभाको बैठक जारी छ। प्रतिनिधिसभामा सभामुखको निर्वाचन भइरहेको छ।

बैठकमा विभिन्न दलबाट निर्वाचित सांसदहरुले धारणा राख्ने क्रम जारी छ।

बैठकमा सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार छन्।

कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको भन्दै गरेको टिप्पणीलाई लिएर आज कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जवाफ दिएका छन्।

शर्माले ओलीको प्रतिवादमा भने,‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्ने योजना पनि छैन। बरु संविधानले नचिन्ने उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिंजडामा राख्न खोजिएको छ।’

शर्माले कांग्रेस जालमा माछा पार्ने योजनामा नरहेको बरु ओलीकै कारण गठबन्धन टुट्न दाबी गरे। सत्ता गठबन्धद दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक यतिबेला ओली नै छन्।