Logo
७ भदौ २०८२, शनिबार

राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०८:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा रारा राष्ट्रिय म्यूजिक अवार्ड २०७९ समपन्न भएको छ।

राजधानीको सभागृहमा समुदघाटन गरिएको समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो।

विशिष्ट संगीतकार, गायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायक, संगीतकार नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित भएका थिए।

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रालिद्वारा आयोजित कार्यक्रममा विबिध मौलिक प्रस्तुतिका साथै गीत संगीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी दिए।

प्रमुख अतिथि राष्ट्रपति भण्डारीले मौलिक कला संस्कृति र कलाकारहरूप्रति सधैं सम्मान तथा सहयोग रहने बताइन्।