Logo
२९ असोज २०८२, बुधबार

सन्दीप लामिछानेविरुद्ध सर्वोच्चमा पहिलो सुनुवाइ

अक्षरपाटी
२०७९ माघ २० , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं २० माघ। नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेविरुद्ध आज पहिलो सुनुवाइ हुने भएको छ।

क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाई हुन लागेको हो।

सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै मंगलबार दिइएको निवेदनको पेशी आजका लागि तोकिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दीपमाथिको अनुसाशनको कारबाही फुकुवा गरिएको छ। क्यानको बोर्ड बैठकले उनलाई राष्ट्रिय क्रिकेट टिममा समावेश गर्ने निर्णय समेत गरेको छ।

सन्दीप

ट्रेन्डिङ ( साप्ताहिक )