Logo
७ पुस २०८१, आईतबार

मिडिया मालिकलाई रविको चुनौती : हिक्मत छ, मसँग चुनाव लड्न आउनुस् !

अक्षरपाटी
२०७९ माघ २२ , आईतबार ०७:०२ मा प्रकाशित

काठमाडौँ २२ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया सञ्चालकहरूलाई देश चलाउने भए चितवनमा चुनाव लड्न आउन चुनौती दिएका छन् ।

आइतबार आफू देशको सेवा गर्न आए पनि नेपालका मिडियाले खेदो खनेको भन्दै कान्तिपुर, अनलाइनखवर र सेतोपाटीका मिडिया सञ्चालकहरूलाई अव देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् । उनले आफ्नो पार्टीले गृह मन्त्रालय दाबी गर्दा कन्फिल्क्ट अफ इन्ट्रेस्ट जोडिएको भनेर लेखिए पनि त्यस्तो नभएको दाबी गरे । उनले मिडिया मालिकले मिडिया चलाउने र राजनीतिज्ञले देश चलाउने हो बताए ।

‘कन्फिल्क्ट अफ इन्ट्रेस्टबारे बहस गर्ने नेपाली मिडियाको आँट छैन । भए आउनुस् म बहस गर्न तयार छु’, लामिछानेले भने, ‘कान्तिपुर, अनलाइनखवर, सेतोपाटीलाई लेख्यो भन्यो यसले सिध्याउँछ भन्ने छ । उनले भने ‘देश चलाउने हो भने चुनाव लड्न आउनुस् कैलाश सोरिहिया, रामेश्वर थापा, अमित ढकाल को को आउने हो आउनुस् ।