काठमाडौं, २४ माघ। नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
मध्य राति १२ बजेबाट लागू हुने गरि निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो।
निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ बढाएर लिटरको १७८ कायम गरिएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ तोकिएको छ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत छ।
पेट्रोलियम