Logo
२८ पुस २०८१, आईतबार

एक तलबले कतिपटक कर तिरुँ, र किन…जवाब छ ?

अक्षरपाटी
२०७९ माघ २५ , बुधबार ०७:०२ मा प्रकाशित

० कल्पेश रावल

मैले तीस दिन काम गरेँ ।
तलब लिएँ- आयकर तिरेँ ।
मोबाइल किने- कर तिरेँ
रिचार्ज गरेँ- कर तिरेँ
डेटा लिएँ- कर तिरेँ
बिजुली बालेँ- कर तिरेँ
टिभी, फ्रिज आदि लिएँ- कर तिरेँ
कार लिएँ- कर तिरेँ
पेट्रोल हालेँ- कर तिरेँ
सर्विस गराएँ- कर तिरेँ
रोडमा हिँडे- कर तिरेँ
टोलमा फेरि- कर तिरेँ
लाइसेन्स बनाएँ- कर तिरेँ
गल्ती गरेँ- कर तिरेँ
रेस्टुरेन्टमा खाएँ- कर तिरेँ
पार्किङका- कर तिरेँ
पानी पिएँ- कर तिरेँ
खाद्यान्न किनेँ- कर तिरेँ
कपडा किने- कर तिरेँ
जुता किनेँ- कर तिरेँ
किताब किनेँ- कर तिरेँ
सौचालय गएँ- कर तिरेँ
औषधि किनेँ- कर तिरेँ
ग्यास लिएँ- कर तिरेँ

लेखक

सैयौँ अरु पनि सामान र सेवा लिएँ- कर तिरेँ। कहीँ फि दिएँ, कहीँ बिल, कहीँ ब्याज दिएँ, कहीँ जरिवानाका नाममा त कहीँ घुसका नामा पैसा दिनुपर्यो। यो सबै नाटकपछि गल्तीबस वचत भयो, त त्यहाँ पनि- कर तिरेँ ।

सारा जीवन काम गरेपछि पनि कुनै सामाजिक सुरक्षा छैन । कुनै मेडिकल सुविधा छैन। सार्वजनिक यातायातको सेवा छैन । सडक खराब, सडक बत्ति खराब, सास फेर्ने हावा खराब, पानी खराब, तरकारी फलफू विषदीयुक्त, अस्पताल महंगा, हरेक वर्ष महंगाइको मार। आकस्मिक खर्च र विपद, त्यसमाथि हरेक ठाउँमा लाइनको लाम।

सारा पैंसा गयो कहाँ ?
भ्रष्टाचारमा,
चुनावमा,
धनाड्यलाई दिने अनुदानमा,
धनीहरुको बनावटी दिवालिया हुनुमा,
स्विस बैंकमा,
नेताहरुको बंगला, कारमा
रहलपहल सांसद किन्नमा
अनि हामीलाई झन्डू बाम बनाउनमा ।
अब कसलाई भनूँ को चोर हो ?
आँखिर कहिलेसम्म हामी सबै देशबासी यसरी नै घिस्रिएको जिन्दगी बाँचिरहने ?

(लेखकः वरिष्ठ भारतीय पत्रकार एवं लेखक हुन्। यो सामग्री भारतीय सञ्चारमाध्यमबाट साभार गरिएको हो)