Logo
२९ चैत्र २०८१, शनिबार

रचना र अभिनयको स्वरमा ‘घिर्लिङ’ सार्वजनिक

अक्षरपाटी
२०७९ माघ २८ , शनिबार १०:०२ मा प्रकाशित

काठमाडौं २८ माघ। गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गायक निरौलाकै शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्ध गरेका हुन्। कुशल सिंहले गीतको संगीत संयोजन गरेका हुन्।

युवायुवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ।

गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा मोडलद्वय सागर लम्साल र सिम्पल खरेलको अभिनय छ।

विकास धमलाको सम्पादन रहेको भिडियो वुद्ध थापाले छायांकन गरेका हुन्।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन’, ‘अन्तै मबाट’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्।

गीत