Logo
२९ पुस २०८२, मंगलबार

मेयर हर्क साम्पाङप्रति समर्पित राजेश पायलको गीत

अक्षरपाटी
२०८२ भदौ २१ , शनिबार ०३:०९ मा प्रकाशित

काठमाडौं । गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गीत सार्वजनिक भएको छ।

‘हर्क साम्पाङ आए अब देशको बिकाश हुन्छ’ बोलको गीत सार्वजनिक भएको हो। यस गीतलाई लोकप्रिय गायक राई इज किङका रुपमा चिनिने राजेश पायल राई र पछिल्लो समयकी चर्चित गायिका सुनिता थेगिमले आवाज दिएका छन्।

पवन बान्तावा राईले संगीत भरेको गीत विशाल चौतारी टिभी युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

मेयर हर्क साम्पाङप्रति समर्पित गीतमा राजु कार्कीको एरेञ्ज छ। यस गीतको भिडियोलाई बिशाल राईले बनाएका हुन्।

गीतमा ध्रुव राई काइलाको प्रस्तुति तथा प्रोड्युसर रहेका छन्।

गीत सार्वजनिक भएपछि दर्शक, श्रोताहरुबाट राम्रो प्रतिकृया आइरहेको गीतकार केशवले बताए।

केशवको यसभन्दा अगाडि गाउँबेसी र आसुको भेल बालेको गीत सार्वजनिक भैसकेको छ।

राई इज किङ राजेश पायल राई सुनिता थेगिम हर्क साम्पाङ