Logo
३० असोज २०८२, बिहीबार

गजल

अक्षरपाटी
२०७९ माघ २९ , आईतबार ०५:०२ मा प्रकाशित

० उषा जोशी

शृङ्गार होइन मलाइ हेर्ने नजर सुन्दर लाग्छ्न्
जिन्दगीमा प्राण भर्ने अधर सुन्दर लाग्छ्न्

तिमीबिना उजाडिन्छु, लुटिन्छ बहार बसन्तको
तिमीले टेक्दा बेचैन तीं, बगर सुन्दर लाग्छ्न्

तिमीबिना निर्जन हुन्छु, उड्छ सुवास फूलहरुको
तिमी भेट्दा निस्प्राण तीं, सहर सुन्दर लाग्छन्

तिमीबिना निरस हुन्छु, हुन्न स्वाद जिन्दगीको
तिमी आउँदा मरिसकेका, रहर सुन्दर लाग्छ्न्

तिमीबिना जीउन भुल्छु, छैन अर्थ जिन्दगीको
तिमी समीप समयका, प्रहर सुन्दर लाग्छ्न्

ट्रेन्डिङ ( साप्ताहिक )