हेटौँडा ९ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीसम्म स्वास्थ्यको पहुँच पुग्न आवश्यक रहेको बताएकी छन्।
आज हेटौंडा अस्पतालको उद्घाटन गर्दै उनले संघीय अवधारण अनुरुप मुलुकका सबै प्रदेशहरुलाई सुविधासम्पन्न बनाउनुपर्ने धारणा राखिन।
यसैअनुरुप बागमती प्रदेशका अस्पतालहरुलाई स्तोरउन्नोती गरेर स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउनुपर्ने उनको भनाइ थियो।
बागमती सरकारबाट ऐन निर्माण भएर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएकोप्रति राष्ट्रपति भण्डारीले खुशी व्यक्त गरिन्।
४० करोड लगानीमा निर्माण मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा ७० शय्या र २४ वटा आईसीयू कक्ष थप गरिएको छ ।