Logo
३० भदौ २०८२, सोमबार

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे

अक्षरपाटी
२०७९ फागुन १० , बुधबार १२:०२ मा प्रकाशित

काठमाडौं १० फागुन । प्रतिनिधिसभाको अहिले दिउँसो १ बजे बस्ने भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस हुने सम्भावित कार्यसूची छ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले सो प्रतिवेदन पेस गर्ने संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा बैठक