Logo
२८ असार २०८२, शनिबार

‘निफ’को सल्लाहकारमा नम्रता श्रेष्ठ

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार ०५:०२ मा प्रकाशित

काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छन्।

डेढ दशकदेखि नेपाली चलचित्रमा सक्रिए अभिनेत्री श्रेष्ठको चलचित्र छनौट क्षमता र अभिनय कलाकै कारण उनलाई मनोनित गरिएको निफले जनाएको छ।

आउँदो चैत २ देखि ६ गते छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) अयोजना हुनेछ।

यस वर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ।

‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ। निफका अध्यक्ष केपी पाठकले जनाएका छन्।

यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने निफले जनाएको छ।

‘निफ’को प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह हुन भने सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकारको रुपमा कार्यरत छन्।