Logo
२६ साउन २०८३, मंगलबार

राष्ट्र बैंकको मौद्रिक नीति आज सार्वजनिक हुने, समग्र आर्थिक क्षेत्रको चासाे

अक्षरपाटी
२०८२ असार २७ , शुक्रबार ०९:०७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक हुन लागेको हो।

प्राडा विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर बनेपछि आज दिउँसो सार्वजनिक हुने मौद्रिक नीति पहिलो नीति हो।

दिउँसो साढे १ बजे राष्ट्र बैंकको बालुवाटारस्थित नयाँ भवनबाट नीति सार्वजनिक गर्न लागिएको हो।

पौडेलले राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक राखेर बिहीबार नीतिबारे छलफल गरेका थिए।
राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृतिपछि गर्भनर पौडेलले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हुन्।

मौद्रिक नीतिलाई समग्र आर्थिक क्षेत्र, बैंक तथा वित्तीय संस्था र सेयर बजारका सहभागीले चासोका साथ हेरेका छन्।

नेपाल राष्ट्र बैंक माैद्रिक नीति विश्वनाथ पाैडेल

ट्रेन्डिङ ( साप्ताहिक )