Logo
२७ पुस २०८१, शनिबार

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

अक्षरपाटी
२०७९ फागुन १३ , शनिबार १०:०२ मा प्रकाशित

काठमाडौं १३ फागुन। नेपाली कांग्रेसले नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शुक्रबार बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत ८ दलको गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति बनिसकेको छ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ। २५ फागुनमा राष्ट्रपति पदका लागि चुनाव हुँदैछ।