Logo
७ पुस २०८१, आईतबार

बलात्कार आरोप लागेका अभिनेता पल शाह रिहा

अक्षरपाटी
२०७९ फागुन १५ , सोमबार ११:०२ मा प्रकाशित

काठमाडौं १५ फागुन। बलात्कार आरोपमा एक वर्षदेखि थुनामा रहेका अभिनेता पल शाह रिहा भएका छन् ।

उच्च अदालत पोखराले हिजो गरेको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर आज छुटेका हुन्।

नाबालिग बलात्कार आरोप लागेका पलले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाए पनि कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला हुँदा आज प्रकिया पुरा गरेर छुटेका हुन्।

एक गायिकाले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो।