Logo
२३ भदौ २०८३, मंगलबार

करेन्ट लगाएर माछा मार्ने क्रममा बझाङमा एक युवाको मृत्यु

अक्षरपाटी
२०७९ फागुन १५ , सोमबार ०७:०२ मा प्रकाशित

बझाङ १५ फागुन। करेन्ट लगाएर माछा मार्ने क्रममा बझाङमा एक युवाको ज्यान गएको छ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ६ का २४ वर्षीय किष्ण पुजाराले खोलामा विद्युतको तार जोडेर माछा मार्न खोज्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनले नजिकैको खोरीखोलामा घरबाटै बिजुलीको तार तानेर माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मृत्यु