Logo
२९ पुस २०८१, सोमबार

तेस्रोपटक नेपाली आर्ट तथा म्यूजिक अवार्ड हुने

अक्षरपाटी
२०७९ फागुन १६ , मंगलबार ०५:०२ मा प्रकाशित

काठमाडौं । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ हुने भएको छ।

जसमा गीत संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गीतहरु दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले बताए।

नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीवृद्धिका लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ गरिदैं आएको आयोजनकको भनाइ छ।

आयोजक कमिटिका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ आगामी बैसाख २०८० भित्र काठमाडौंमा गरिने छ।

म्यूजिक अवार्ड आवेदनको लागि निशुल्क दर्ता फारम खुलिसकेको आयोजकले जनाएको छ।

जसका लागि २०७८–७९ का गीत संगीतलाई समाबेश गरिने भएको छ। नव प्रतिभाको हकमा २०७८ भित्र गीत निकालेको हुनुपर्नेछ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ।

सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन्।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।