Logo
१७ असार २०८२, मंगलबार

साहित्य समाजको आयोजनामा ‘विश्व नेपाली नारी साहित्य महोत्सव’

अक्षरपाटी
२०७९ फागुन १८ , बिहीबार १०:०३ मा प्रकाशित

काठमाडौं १८ फागुन। यतिबेला सुदूरपश्चिमाञ्चल साहित्य समाजको टोली देशदौडामा छ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्ड्येको नेतृत्वमा सल्लाहकार तथा पूर्व अध्यक्ष रामलाल जोशी, समाजका महासचिव गणेश नेपाली, उपाध्यक्ष हरीकृष्ण कठायत, सल्लाहकार यज्ञराज उपाध्यायलगायतको टोली देशदौडाहामा निस्किएको हो।

साहित्य समाजको टोली सुदूरपश्चिमबाट पूर्वको झापासम्म पुगेर श्रष्ठालाई निमन्त्रणा तथा भेटघाटमा सक्रिय भएको अध्यक्ष पाण्ड्येले अक्षरपाटीलाई बताए।

धनगढीमा रहेको देशभरमै सबैभन्दा क्रियाशील सुदूरपश्चिमाञ्चल साहित्य समाजले यस वर्ष पनि भव्य साहित्य महोत्सव आयोजना गर्दैछ।

त्यसैको पूर्व तयारीका लागि आफूहरु विभिन्न जिल्लामा रहेका नारी श्रष्ठालाई निमन्त्रण गर्दै झमक घिमिरेदेखि समाजसेवी अनुराधा कोइरालाको घरदैलोमै पुगेको अध्यक्ष पाण्ड्येले बताए।

साहित्य समाजले आगामी चैत १० देखि १३ गतेसम्म ‘विश्व नेपाली नारी साहित्य महोत्सव’ आयोजना गर्न लागेको समाजका अध्यक्ष तीर्थराज पाण्ड्येले बताए।

यसका लागि प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते विश्व नेपाली नारी साहित्य महोत्सवको उद्घाटन गर्ने तय भएको उनले बताए।

‘हामीले प्रधानमन्त्रीज्यूलाई पनि भेट्यौँ, उहाँले हाम्रो निमन्त्रणा हार्दिकताका साथ स्वीकार्नुभयो’, अध्यक्ष पाण्डेले भने, ‘त्यति मात्र होइन उहाँले सुदूरपश्चिममा आयोजना हुँदै आएको साहित्य महोत्सव र त्यहाँको सिर्जनसीलताका बारेमा रुचिपूर्वक छलफल गर्नुभयो।’

देशभरमै पहिलोपटक हुन लागेको विश्व नेपाली नारी साहित्यकारहरुको सम्मेलनमा झमक घिमिरे विशिष्ठ अतिथिका रुपमा रहने र उहाँलाई यस वर्ष समाजले प्रदान गर्दै आएको १ लाख ११ हजार १११ राशीको ‘बद्रीकृष्ण बाङमय पुरस्कार’ प्रदान गरिने समाजका महासचिव गणेश नेपालीले बताए।

सोही कार्यक्रममा समाजसेवी अनुराधा कोइरालालाई ‘जशुधा समाजसेवा पुरस्कार’ प्रदान गरिने छ भने सोही अवसरमा एक दर्जनभन्दा बढी पुरस्कार समेत वितरण हुने महासचिव नेपालीले बताए।

सुदूरपश्चिमको कला, सँस्कृति, झाँकी, भेषभूसाको प्रवद्र्धनसहित सुरु हुने साहित्य महोत्सवका क्रममा विभिन्न प्यानल डिस्कसन आयोजना गरिने समाजका सल्लाहकार मदन पुरस्कार विजेता सर्जक रामलाल जोशीले बताए।

साहित्यमार्फत महिलाका मुद्दाहरुलाई मुखरित गर्नेदेखि सुदूरभूमीमा रहेर साहित्य कर्मममा लागेका श्रष्ठाहरुलाई थप मुखरित गर्न पनि नारी साहित्य महोत्सव फापसिद्ध हुने सल्लाहकार जोशीले बताए।

अहिले देशभरका श्रष्ठालाई आमन्त्रण गर्ने, आर्थिक व्यवस्थाप र महोत्सवको तयारी भइरहेको छ।

यसअघि सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली साहित्य महोत्सव गरेर विभिन्न देशमा रहेर साहित्य सिर्जना गरिरहेका नेपाली साहित्यकारलाई साता दिनसम्म धनगढीमा जुट्ने अवसर जुराएको थियो।

त्यसपछि गत वर्ष नेपाली साहित्य महोत्सव भव्यताका साथ आयोजना गरेको थियो। निजी स्तरको आफ्नै भवनसहितको समाज मोफसलमै सबैभन्दा विशाल साहित्यिक संस्थाका रुपमा स्थापित भएको छ।