Logo
२७ असार २०८२, शुक्रबार

पहाडी जिल्लामा आज धुमधाम होली

अक्षरपाटी
२०७९ फागुन २२ , सोमबार ०१:०३ मा प्रकाशित

काठमाडौं २२ फागुन। फागुन पूर्णिमा अर्थात आज होली। पहाडी जिल्लामा आज धुमधामका साथ होली पर्व भनाइँदैछ।

सुदूरपश्चिमका पहाडी जिल्लामा विभिन्न साँस्कृतिक नृत्यसहित यो पर्व मनाइँदैछ। त्यस्तै काठमाडौं लगायतका पहाडी जिल्लामा रंगको पर्व उल्लासमय वातावरणमा मनाइँदैछ।

परीवार, साथीभाइ र आफन्तसँग एकआपसमा रंग दलेर, नाचगान गर्दै होली पर्व मनाइरहेका छन्।

भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकता र सदभावको पर्वका रुपमा यो पर्व मनाउने प्रचलन छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस भन्ने सुभकामना दिएकी छन्।

फागुपूर्णिमा होली