Logo
७ वैशाख २०८१, शुक्रबार

उषा र सुधीरको भिझाएर आँशु

अक्षरपाटी
२०७९ फागुन २३ , मंगलबार ११:०३ मा प्रकाशित

काठमाडौं । समाजमा रहेका दुई पुस्ता बीचको द्वन्द्वको कथालाई समेटेर तयार पारिएको ‘आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक रामकृष्ण ढकालको स्वरमा सजिएको गीतलाई अमेरिकाको पेन्सिलभेनिया निवासी गीतकार कुमार सिवाकोटीले लेखेका हुन्।

दिपक शर्माले संगीतवद्ध गरेको गीतमा फणिन्द्र राईको संगीत संयोजन छ। सुजन श्रेष्ठले छायाँकन गरेको म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय छ।

भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।