काठमाडौं २६ फागुन। श्री एयरलाइन्सको आज कुनै पनि जहाज उडेका छैनन्।
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाज आकासमै एकतर्फको इन्जिनमा आगो लागेपछि ठूलो दुर्घटनाबाट जोगिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो।
हिजो धादिङको आकासमा पुगेको विमान फर्काएर पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको थियो। सोही घटनालाई लिएर प्राधिकरणले छानबिन सुरु गरेको छ।
श्री एयरलाइन्सलाई पत्र काटेर जहाज ग्राउन्डेड गराउन्डेड गराएको हो। सोही कारण आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन्। प्राधिकरणले श्रीका सबै जहाज परीक्षण गर्ने जनाएको छ।
श्री एयरलाइन्स