Logo
२८ वैशाख २०८३, सोमबार

गजल : …त्यो प्रेम हो

अक्षरपाटी
२०७९ फागुन २८ , आईतबार ०९:०३ मा प्रकाशित

० उषा जाेशी

सूर्य प्रकाश छरेर केही माग्दैन, त्यो प्रेम हो
श्वास दिएर हावा हिसाब माग्दैन, त्यो प्रेम हो

आकास उभिरहन्छ हाम्रो छानो बनेर
नदीले दिएर जल फिर्ता माग्दैन, त्यो प्रेम हो

धर्ती हमेसा मुस्कुराइरहन्छ छाती चिरेर जोत्दा पनि
रुखले छाहारी दिन छोडेर भाग्दैन, त्यो प्रेम हो

ढुङ्गा चुपचाप सहिदिन्छ कुल्चेर हिडेपनि
समुन्द्र कुरिरहन्छ भाग्दैन, त्यो प्रेम हो

इश्वर श्रृष्टि रच्दछ अनन्त अनन्त ब्रह्माण्डमा
बदलामा जब कोही केही माग्दैन, त्यो प्रेम हो

जननी ममता लुटाइरहन्छिन आफू रित्तिएर
जब दिनेलाई गुमाए जस्तो लाग्दैन, त्यो प्रेम हो

उषा जोशी गजल
यो पनि हेर्नुहोस् : गजल

ट्रेन्डिङ ( साप्ताहिक )

गजल