काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल अभिनित फिल्म ‘बहाव’को पहिलो गीत ‘यो मनरोग’ आइतबार सार्वजनिक भएको छ।
गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन छ।
गीत फिल्मकी प्रमुख पात्र सुरक्षा वरपर घुमेको छ। उनलाई गीतको भाव अनुसार प्रस्तुत गरिएको छ। गीतको दृश्य पृष्ठभूमिमा पानीको बहावलाई राखिएको छ। गीतमा सुरक्षालाई रोमान्टिक, गम्भीर र पागलपन शैलीमा प्रस्तुत गरिएको छ।
फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। निर्देशक कँडेलले गीतमा देखाइएको पानीको बहावजस्तै कथाले पनि प्रमुख पात्र सुरक्षाको जीवनमा आउने बहावलाई देखाएको बताए।
‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हा । यसमा सुरक्षा र कमलमणिबीचको अन्तद्र्वन्द्वपछिको विद्रोहलाई सुरक्षामार्फत देखाउने प्रयास गरेका छौं’, उनले भने ।