कैलाली । सुदूरपश्चिमका दुई जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।
राना थारु समुदायले मनाउने खखडेहरा पर्वका अवसरमा दुई जिल्लामा बिदा दियएको हो।
दुई जिल्लामा राना थारु समुदायको बसोबास भएकाले यी जिल्लाका लागि मात्र बिदा लागु हुनेछ।
पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले यी दुई जिल्लामा बिदा दिने निर्णय गरेको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।