Logo
२३ भदौ २०८२, सोमबार

सुदूरपश्चिममा फेरि देखियो कोरोना संक्रमण

अक्षरपाटी
२०७९ चैत्र २ , बिहीबार ११:०३ मा प्रकाशित

धनगढी २ चैत। करिब शून्यमा रहेको कोरोना संक्रमण सुदूरपश्चिममा फेरि देखिएको छ।

केही महिनायता प्रदेशमा शून्यमा झरेको कोरोना संक्रमण केहीदिनयता फेरि देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

गएको २४ घन्टामा ६ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको हो। यसमा केहीदिन अघिका संक्रमितको संख्यासमेत समेटिएको बताइएको छ।

गएको २४ घन्टामा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको हो। संक्रमण भेटिए पनि कोरोनाबाट मृत्यु हुने दर भने शून्य नै रहेको बताइएको छ।

निर्देशनालयका अनुसार कोरोना भाइरसविरुद्धको बुस्टर डोज स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ।