Logo
२७ वैशाख २०८२, शनिबार

पत्रकार कार्की सञ्चार हेर्नेगरी राष्ट्रपतिको सचिवालयमा नियुक्त

अक्षरपाटी
२०७९ चैत्र २ , बिहीबार ०६:०३ मा प्रकाशित

काठमाडौं २ चैत। राष्ट्रपति रामचन्द्र पौडेलको मिडिया हेर्नेगरी पत्रकार खिला कार्की सचिवालयमा नियुक्त भएका छन्।

कार्कीलाई राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव डा सुरेश चालिसेले बिहीबार स्वकीय उपसचिवको नियुक्ति दिएका हुन्।

कार्की दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले राजधानी दैनिक, देशान्तर साप्ताहिक, एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, नेपाल समय, माउन्टेन टेलिभिजनलगायत मिडियामा काम गरेको अनुभव छ।

राष्ट्रपति निजी फोटोग्राफरमा अनिश रेग्मी नियुक्त भएका छन्।