Logo
२६ पुस २०८१, शुक्रबार

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको नेतृत्वमा ओझा

अक्षरपाटी
२०७९ चैत्र ५ , आईतबार ०८:०३ मा प्रकाशित

काठमाडौं । करिब डेढ दशकपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भयो।

केहीमा तनाव र झडपका कारण निर्वाचन हुन नसके पनि अधिकांस क्याम्पसमा भने आफ्नो नेतृत्वका लागि विद्यार्थीहरुले मतदान गरे। जसको परिणाम आउने क्रम समेत सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन्। उनले ८९४ मत पाएका छन्।

उनका प्रतिद्वन्दी अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् ।

त्यस्तै थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कर शाही निर्वाचित भएका छन्।

आज भएको निर्वाचनबाट सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल विजयी भएका छन्।