Logo
८ वैशाख २०८१, शनिबार

धनगढीमा आजदेखि ‘विश्व नेपाली नारी साहित्य महोत्सव’

अक्षरपाटी
२०७९ चैत्र १० , शुक्रबार ०९:०३ मा प्रकाशित

धनगढी १० चैत। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा आजदेखि धनगढीमा ‘विश्व नेपाली नारी साहित्य महोत्सव’ हुँदैछ।

अहिले बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्सवको उदघाटन गर्ने कार्यक्रम छ।

चैत १३ गतेसम्म चल्ने महोत्वसमा देशभरका दुई सयभन्दा बढी साहित्यकार, लेखक, पत्रकार तथा साहित्यानुरागी उपस्थित हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए।

अहिले बिहान सुदूरपश्चिमको कला, सँस्कृति, भेषभूषा र रहनसहन झल्कने झाँकिसहित कार्यक्रमको उदघाटन गरिनेछ।

उद्घाटन सत्रमा सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री कमल शाह, पूर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउद, कर्ण थापालगायतको उपस्थिति हुनेछ।

साहित्यिक र वौद्धिक सत्रहरुमा विभिन्न विधा र विषयमाथि विमर्श हुने महोत्सवका निर्देशक रामलाल जोशीले बताए।

पहिलो सत्र ‘परिवर्तनका कुराः कति पुरा, कति अधुरा’ विषयमा प्रधानमन्त्री दाहालले बोल्ने कार्यक्रम छ।

महोत्सवका क्रममा सम्मान, पुरस्कार वितरण गरिनुका साथै काली कर्णालीको साहित्यिक र साँस्कृतिक विषयमा गहन छलफल हुनेछ।

कार्यक्रममा छलफल सत्रसँगै यहाँका प्रतिभालाई थप उजागर गर्न काव्य आराधना, गजल सन्ध्या तथा डेउडा खेलसमेत प्रस्तुत गरिने समाजका महासचिव गणेश नेपालीले बताए।

सुदूरपश्चिमाञ्चल साहित्य समाज