Logo
७ पुस २०८१, आईतबार

अमेरिकामा शक्तिशाली आँधी, २३ जनाको मृत्यु, ठूलो भौतिक क्षति

अक्षरपाटी
२०७९ चैत्र ११ , शनिबार ०८:०३ मा प्रकाशित

एजेन्सी। अमेरिकाको मिसिसिपी राज्यमा शुक्रबार राति आएको शक्तिशाली आँधीका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ

आँधीका कारण भत्किएका भग्नावशेष मुनि अझै धेरै मानिस फसेको अनुमान त्यहाँका सुरक्षा अधिकारीहरुले गरेका छन्। ट्विस्टर नाम दिइएको टोर्नेडो आँधीले धेरै ग्रामीण सहरहरूमा विनाश निम्त्याएको बताइएको छ।

आँधीले रूखहरू र बिजुलीका लाइनहरुमा क्षति पुगेको छ । दशौं हजार नागरिक बिजुली विहीन बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्य दक्षिणी राज्य आँधीको जोखिममा रहेको अधिकारीहरुले बताएका छन् । आँधीपछि गल्फको बल आकारको असिना र धेरै क्षेत्रमा भारी वर्षा भएको समाचारमा उल्लेख छ ।

एक वा एकभन्दा बढी टोर्नेडोबारे भने अझै स्पस्ट भइसकेको छैन । अमेरिकाको राष्ट्रिय मौसम सेवाले आँधीबारे भने चेतावनी दिएको थियो । आँधीले घरका छाना, झ्याला र छतहरु उडाएर नौ हजार मिटरभन्दा माथि आकासमा पुर्याएको बताइएको छ । स्थानीय बासिन्दाले त्यस्तो आँधी जीवनमा नदेखेको प्रतिक्रिया दिएका छन् ।

स्थानीय बासिन्दा ब्रान्डी शोहले सीएनएनलाई भनिन् ‘मैले यस्तो कहिल्यै देखेको थिइनँ।’