Logo
१५ चैत्र २०८०, बिहीबार

अर्थमन्त्रीलाई ब्याजदर घटाउने पहल गर्न निजी क्षेत्रको सुझाव

अक्षरपाटी
२०७९ चैत्र १९ , आईतबार ०२:०४ मा प्रकाशित

काठमाडौं। नवनियुक्त अर्थमन्त्री प्रशाशसरण महत समक्ष बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन निजी क्षेत्रले सुझाव दिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले आज अर्थमन्त्रीलाई निजी क्षेत्रका तर्फबाट बधाइ एवं शुभकामना दिँदै देशको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी गराएको थियो।

महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीलले केन्द्रीय बैंक र सरकारले संयुक्त पहल गरेर तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने सुझाव दिएको हो।

सहकारी र लघुवित्तमा तरलता बढाउनेतर्फ जोड दिँदै अध्यक्ष गोल्छाले सरकारी खर्च निक्कै सुस्त रहेकाले त्यसलाई बढाउन पनि सुझाएको थियो।

अहिले सरकारी खर्च करिब २४ प्रतिशत मात्रै छ। त्यसलाई विस्तार गर्न महासंघले अर्थमन्त्री महतसमक्ष आग्रह गरेको छ।

अहिले सरकारसंग राजस्व कम उठेको तथा चालु खर्च धान्न मुस्किल परेको अवस्थामा बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने महासंघका अध्यक्ष गोल्छाले सुझाव दिए।

अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष गोल्छाको राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा सहयोग पुग्ने बताए।

अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेको बताए।

त्यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

उनले व्यवसायीहरुको मनोबल घटन नदिने र निरन्तर संवादमा रहने बताए।

प्रकाशशरण महत