Logo
१६ चैत्र २०८०, शुक्रबार

घर छोडेर बाहिरबाट ढुंगा हान्दैमा समस्याको समाधान हुँदैन : गगन थापा

अक्षरपाटी
२०७९ चैत्र २० , सोमबार ०५:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घरभित्र समस्या छ भनेर घर छोडेर हिन्दैमा समाधान नहुने बताएका छन्।

उनले घरभित्रको समस्यासँग घरभित्रै बसेर संघर्ष गर्न सक्नुपर्ने तर बाहिरबाट ढंगा हानेर समाधान नहुने बताए।

महामन्त्री थापाले नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई इंगित गर्दै त्यसो भनेका हुन्।

उनले वाग्लेलाई ‘टुरिस्ट उम्मेदवार’को समेत संज्ञा दिए। कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताए।

उनले पार्टीमा समस्या हुँदै नभए नभएर तर तीं समस्या समाधानका लागि पार्टीभित्रै संघर्ष गर्ने हिम्मत नेता तथा कार्यकर्तामा हुनुपर्ने बताए।

उनले भने, ुकहिले मेरो पिताजीभन्दा तीन वर्ष जेठा पार्टी सभापतिसँग दलको नेतामा लडेँ, कहिले आफ्नै ससुरासँग प्रतिस्पर्धा गरेँ। त्यो मेरो संघर्ष थियो। हामी पनि अयोग्य भएर देशमा बसेका होइनौ? केही सपना बोकेर लडिरहेका हौँ।ु

उनले आज आफ्ना दुई छोरी भएको स्मरण गराउँदै भने, ‘अबको २० वर्षपछि मेरा छोरी र दूर दराजमा जन्मिएर हुर्किरहेका छोराछोरीले यही देशमा केही गर्न सकिन्छ भन्दै विदेशको सपना देखेनछन् भने त्यो हाम्रो पुस्ताको सफलता हुनेछ।’

उनले तनहुँ १ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई यहाँका कार्यकर्ताले यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने भनेर भन्नुपर्ने पनि बताए।

उनले एमालेका उम्मेदवार सर्वेन्द्र खनाल पेन्सन पकाएका राजनीतिमा आएको स्मरण गराउँदै भने, ‘मलाई त भन्न मन लाग्छ तिमीले जागिर आएर आएको, घर बनाएको, पेन्सन पकाएर आएको हो। म त त्यो बेलामा सडकमा बसेर लडेको हो, छातीमा ढुंगा खाएर बसेको हो।तर क्षमता नमएर होइन, केही गर्ने सपना देखेर हो।’

गगन थापा