Logo
१८ वैशाख २०८३, शुक्रबार

चलचित्र बहावको ‘बहाव’ सार्वजनिक

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०९:०४ मा प्रकाशित

काठमाडौं। चैत २४ गतेदेखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक भएको छ।

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो।

गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज छ।

बहाव यी मनका गीत फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ। फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ।

यस गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव ब्यक्त्त गरिएको छ।

एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबीचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ।