Logo
२१ भदौ २०८३, आईतबार

घट्यो हवाई भाडा, चैत २२ देखि लागु हुने

अक्षरपाटी
२०७९ चैत्र २१ , मंगलबार ०७:०४ मा प्रकाशित

काठमाडौं। हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती भएसँगै हवाई भाडा पनि घटन् भएको छ।

घटेको भाडा दर भने आगामी चत २२ देखि लागु हुनेछ। वायुसेवा सञ्चालक संघका अनुसार अब काठमाडौंबाट धनगढीको भाडा ४ सय ४० रुपैयाँ घटनेछ। यो आन्तरिक रुटमा सबैभन्दा बढी हो।

यसअघि काठमाडौं धनगढीको भाडा न्युनतम ७ हजार ५ सय १० लिइँदै आएकोमा अब ७ हजार ७० रुपैयाँ कायम हुनेछ।

काठमाडौंबाट भैरहवा उडानका लागि अब २०५ रुपैयाँ कम तिर्नुपर्ने छ । अब भैरहवाको भाडा ३ हजार २९५ रुपैयाँ हुनेछ।

त्यस्तै काठमाडौंबाट भद्रपुरको ३ सय रुपैयाँ भाडा घटेको छ। काठमाडौंबाट विराटनगर २४०, जनकुर १३०, भरतपुर १०५ र पोखरा १५५ रुपैयाँ हवाई भाडा घटेको छ।