Logo
२६ पुस २०८१, शुक्रबार

जनताले तुरुन्त राहत महसुस गर्ने कार्यक्रम ल्याउँछौँ : प्रधानमन्त्री दाहाल

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०२:०४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्ने बताएका छन्।

उनले जनतालाई तुरुन्त राहतको महसुस हुने गरी सरकारले नीति कार्यक्रम र बजेट ल्याउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्ने जोखिम रहेको बताएका छन्।

आज काठमाडौंमा ओयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अर्थतन्त्रक ठिक अवस्थामा नरहेको बताए। उनले यस्तो अवस्थामा सरकारले जनताले राहत महसुस गर्नेगरी फरक र गुणात्मक काम नगरे परिवर्तन खतरामा पर्ने विचार व्यक्त गरे। उनले आगामी बजेटमा जनताले राहत महसुस गर्ने कार्यक्रम समेटिने बताए।

अहिले आफूले गरिरहेको सरकारको नेतृत्व चुनौतिपूर्ण अवसरका रुपमा व्याख्या गर्दै उनले जनताको पक्षमा काम गर्ने अवसर र चुनौति आफूमाथि रहेको बताउ।

प्रधानमन्त्री दाहालले आज भोलिमै सरकार सतप्रतिशत पूर्ण हुने र त्यसपछि सरकारको ध्यान नीति, कार्यक्रम र बजेटमा केन्द्रीत हुने बताए। अब आउने कार्यक्रम सैद्धान्तिकभन्दा व्यवहारिक र जनताले तुरुन्त राहत महसुस गर्नेगरी आउने पनि दाबी गरे।