Logo
१६ असोज २०८३, शुक्रबार

कक्षा १२ को परीक्षा फाराम खुला

अक्षरपाटी
२०८२ पुस ८ , मंगलबार ११:१२ मा प्रकाशित

काठमाडौं । आगामी ०८३ मा हुने वार्षिक परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलेको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले सूचना प्रकाशित गर्दै ०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका लागि फाराम खुलाइएको हो।

वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार यही पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्ने जनाइएको छ।

छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्ड