Logo
२९ वैशाख २०८२, सोमबार

न्यायाधीश गिरीविरुद्ध पक्राउ पूर्जी जारी

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०४:०४ मा प्रकाशित

कपिलवस्तु। न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। वैवाहिक करणी मुद्दामा उनलाई जिल्ला अदालत कपिलवस्तुले पक्राउ पूर्जी जारी गरेको हो।

उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धानका लागि माग गर्दै अदालतसमक्ष पक्राउ पुर्जी माग गरेको थियो।

न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको छ। जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।

यसअघि न्यायाधीश गिरीकी पत्नी आरती रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।