Logo
८ वैशाख २०८१, शनिबार

सरकारसँग हिँडेर कहीँ पुग्छु भन्ने छुट छैन : गगन थापा

अक्षरपाटी
२०७९ चैत्र २२ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताएका छन्।

आज काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक स्थितिबारे पत्रपत्रिका र विभिन्न माध्यमबाट थाहै भएको कुरा स्मरण गराउँदै वर्तमान सरकारसँग दौडिएर मात्रै पुग्ने सुविधा भएको बताए।

तर अझै पनि सरकार कहिले तुना बाँधेर बस्ने, कहिले कुर्सीको खोजीमा रुमल्लिने काम गरिरहेकोप्रति असन्तुष्टि जनाए।

पछिल्लो आर्थिक वस्था ठिक नभएको भन्दै उनले त्यसको सुधारको सुरुवात राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट हुनुपर्ने उनले बताए।

महामन्त्री थापाले अनावश्यक खर्च कटौतिको सुरुवात राष्ट्रपति र प्रधानमन्त्रीबाट हुनुपर्ने बताएका हुन्।

महामन्त्री थापाले भने, ‘देशको आर्थिक अवस्था संकटग्रस्त छ। सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीले सचिवालय सदस्यको संख्या घटाएर खर्च कटौतीको सुरुवात गर्नुपर्छ। सुरुवातको सन्देश उच्च तहबाट दिइयो भने त्यो प्रभावकारी हुन्छ।’

महामन्त्री थापाले अनवश्यक खर्च कटौति गरे पनि पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने सुझाव दिए। यसो गर्न सके देशको आर्थिक अवस्थामा सुधार आउने उनको मत थियो।

अहिले बैंकिक क्षेत्र आत्तिएको, व्यापारीले व्यापार बन्द गर्न चाहेको, उद्योगीले उद्योग छोड्न चाहेको बताउँदै यी सबै क्षेत्रलाई राहत महसुस हुनेगरी सरकारले रफ्तारमा काम गर्नुपर्ने समय आएको उनले बताए।

उनले यो विसम परिस्थितिमा सत्तापक्ष, प्रतिपक्ष नभएर सबैसँग सम्बाद गरेर अघि बढ्नुपर्ने सुझाव दिए।

गगन थापा